Saturday, November 19, 2016

लक्ष्मी नारायण शिल्पकार #The Flag Man

"विश्वमा हरेक मानिस पागल छन् फरक यति मात्र हो कि कोही आफ्नो लागी, कोही अर्काको लागि, कोही देशको लागी त कोही विश्वको लागि र विश्वमा ल्याउने तरङ्गहरु पागलले नै ल्यायेका हुन् |"
this image is of nepali flag man
यो भनाई हामी बसन्तपुर दरबार घुम्दै जाँदा नजिकै रहेको राजा पृथ्वीनारायण शाह्को शालिक अगाडी नेपाली  झणडा बोकिरहेको करिब ६० बर्ष उमेरका लक्ष्मी नारायण शिल्पकारको हो |हुनत उनी कुनै विद्वान  होइनन् तर उनको यो कुरा ध्रुबसत्य भन्दा कम छैन|नेपाली झणडा फेर्ने भन्दै गरेको बेला शरीरमा दौरासुर्वाल शिरमा नेपाली टोपी र हातमा नेपाली झणडा बोकीरहेका शिल्पकारलाई पहिलो चोटि भेत्दा जोकोही आशचर्य चकित हुनु स्वाभाभिकनै हो|कालिमाटी भिम्मुक्तेशवर निवासी शिल्पकार प्रायजसो काठमाडौं ,पाटन दरबार,बसन्तपुर दरबार,भक्तपुर दरबार नेपाली झणडा लिई घुम्ने गर्छन् |
this image is of nepali flag man
बिश्वमाझ नेपाली झणडा चिनाउनका लागी लक्ष्मी नारायण शिल्पकार झणडा बोकेको करिब १० बर्ष जति भइसक्यो|यस कार्यमा उनलाई घरपरिवारले पनि साथ दिएेेका छन् |उनी यस कार्यमा निश्वार्थ कसैको अर्थिक सहयोग बिना आफ्नो देश र झणडाका लागि लगिपरेका छन्|उन्लाई भेट्ने अधिकांसले राजाबादी अथ्वा पागल भन्ने गरेका छन् |२२ बर्षको उमेरमा भक्तपुरको रेडक्रोस्स संस्थामा उपसभापतीको रुपमा काम गरि सेवा प्रदान  गरे| निश्वर्थ देशलाई माया गर्ने ब्यक्ती आएमा मात्र देशको बिकाश हुन्छ|उनी नेपाल आमाको झणडा बोक्न पाएको मा खुसी व्यक्त गर्छन् |
हाम्रो यो सानो लेखले उन्को ब्याक्तित्व,नेपाल र नेपाली प्रतिको मायालाई बर्णन गर्न असम्भव छ|आज उन्को नेपाली झणडा संगै खिचियैको फोटाे विभिन्न देश र सामाजिक संजालमा देख्न पाइन्छ र यहि झणडाले उन्लाई कैयौ बर्ष सम्मन नेपाली  भनी विश्वमाझ चिनाउनेछ|झणडा फेरेर देश फेरिदैन,भाषन दिएर देश बन्दैन,निश्वर्थ भई देश र जनताको सेवा गरे मात्र देश फेरिन्छ र बनिन्छ पनि|परेका लाई सहयोग,नेपाल र नेपाली झणडा लाई निश्वर्थ माया गरौ|

जय नेपाल !!!

No comments:

Post a Comment